ड्याट्सनको प्रि–बजेट अफर | ग्राहकलाई गाडी खरिदमा ८ सुविधाहरु
कम्पनीले आगामी आर्थिक वर्षको बजेट घोषणा हुनु अगावै ग्राहकहरुलाई मूल्य वृद्धिको भार नपरोस् भनी सुविधा प्रदान गर्न प्रि–बजेट अफर प्रस्तुत गरेको छ ।
काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले आगामी आर्थिक वर्षको बजेट घोषणा हुनु अगावै ग्राहकहरु लाई मूल्य वृद्धिको भार नपरोस् भनी सुविधा प्रदान गर्न प्रि–बजेट अफर प्रस्तुत गरेको छ । नेपालभर लागू गरिएको प्रि–बजेट अफर योजनामा ग्राहकहरुले विभिन्न ८ आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
यस प्रि–बजेट अफर योजना अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य ८ सुविधाहरु प्राप्त गर्न सक्नेछन् । ती आठ सुविधाहरुमा निːशुल्क एक्सोसरिज, तत्काल फाइनान्सको सुविधा, तत्काल पुरानो गाडीको मूल्याङ्कन तथा एक्स्चेन्ज, हरेक टेस्ट ड्राइभमा निːशुल्क उपहार, नगद छुट, एक वर्षसम्मको निːशुल्क सवारी कर, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निːशुल्क सर्भिसिङ्गको सुबिधा रहेका छन् ।
रेडि गो, नयाँ गो, गो र गो प्लस गाडीहरुमा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य लगायतका विशेषताहरु रहेका छन् ।