सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ८ गते सोमबार अन्तिम दिन हो । यसले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ९ गते बुक क्लोज गर्दैछ । तसर्थ, यस कम्पनीको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्छ ।
सानिमा माईले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने वितरण गर्दैछ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते साधारण सभा पनि बोलाएको छ ।
साथै, सभा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभामा समान उद्देश्य भएका अन्य कुनै कम्पनीसँग मर्जर–एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।