पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ सस्तियो, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घट्यो |
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार मध्यरातबाट लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा लिटरमा १ रूपैया घटाइएको छ । नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको १०९.५० र डिजेलरमट्टीतेलको ९७ रूपैयाँ प्रतिलिटर पर्छ ।
निगमले हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत राखेको जनाएको छ । निगमले जारी गरेको विज्ञप्तीअनुसार इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्यअनुसार नेपाली बजारमा मूल्य विश्लेषण गरी समायोजन गरिएको हो । मूल्य समायोजनपश्चात भारतको रक्सौलभन्दा नेपालको वीरगंजतर्फ पेट्रोल १५.६७ र डिजेल १६.६४ प्रतिलिटर रूपैयाँले सस्तो भएको छ ।
निगमले यसपटक पाक्षिक नाफाको विवरण सार्वजनिक गरेको छैन ।