एडीबी–नेपाल सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी सम्पन्न
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा काठमाण्डौ र मधेश प्रदेश जनकपुरधाममा क्रमस मंसिर १८ देखि २४र२७देखी पुष ३गते सम्म सप्ताहव्यापी फोटो प्रदर्शनी सम्पन्न भएको छ ।
एसियाली बिकास बैंक र फोटोपत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहल र जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मंसिर २७देखी पुष ३गते सम्म चलेको थियो ।
प्रदशनीको अन्तिम दिन अवलोकन गर्न मधेश प्रदेशका उर्जा सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव पुगेका थिए । अवलोकन पछी वोल्दै मन्त्री यादवले फोटो प्रदशनी राम्रो र सन्देश मूलक रहेको बताए । एडिबिले नेपाल सरकार संगको सहकार्यमा विधुत बिकासमा गरेको कार्यहरु र त्यसवाट आम नेपालीको आर्थिक र सामाजीक परिवर्तनमा पारेको प्रभावका वारेमा यथार्थ चित्रण प्रदशनीले देखाउन सकेको बताए ।
मधेस प्रदेशको विकासमा एडिविको सहयोगमा धेरै परियोजनाहरु संचालनमा रहेको र आगामी दिनमा सोलार इनर्जीको बिकास र बिस्तारमा सहकार्य गर्न प्रदेश सरकार र आफ्नो मन्त्रालय इच्छुक रहेको मन्त्रि यादवले बताए ।
काठमाण्डौ र जनकपुरमा भएको प्रदशनीले नेपाल सरकार संगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एसियाली विकास बैंक (एडीबी)को योगदानलाई प्रतक्ष्य रुपमा केन्द्र र प्रदेशका सरकारको जिम्मेवारी बहन गरेका उच्च पदस्थ, निजी क्षेत्रका उद्यमी, देखी आम सर्वसाधरण सम्मले जानकारी पाउन मद्दत पुगेको फोटो पत्रकार क्लवका अध्यक्ष काफ्लेले बताए ।
फोटो प्रदर्शनीमा नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भए गरेका कार्य र बिकासहरुलाई दृश्यमार्फत आम नेपाली माझ पु¥याउन सफल भएको काफ्लेको भनाई थियो । फोटो प्रदर्शनीमा उत्पादन, प्रसारण, वितरण र ’बियोन्ड द मिटर’ गरी ४ भागमा विभाजन गरिएको थियो ।