अमेरिकी डलरको भाउ उच्च बिन्दुमा
काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको भाउले दिनहुँ जस्तै नयाँनयाँ रेकर्ड कायम गरेको छ । यसैबीच आज पुस २ गते मंगलबार पनि नयाँ उचाई चुमेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ०९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ४९ पैसा छ ।
यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि मंसिर २६ गते बुधबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ ०७ पैसा र मंसिर २८ गते शुक्रबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ ०८ पैसा पुगेर रेकर्ड बनाएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ १६ पैसा र खरिद दर १७१ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ १४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।