ग्राहकलाई कोरियन स्किन क्लिनिकमा विशेष अफर
काठमाडौं । वार्षिकोत्सवको अवसरमा कोरियन स्किन क्लिनिक ‘लेट मी इन’ ले आफ्ना ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
कोरियन स्किन क्लिनिकले आगामी १५, १६ र १७ डिसेम्बर २०२४ मा विशेष कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ ।
सो अवसरमा क्लिनिकले तीन दिनसम्म निःशुल्क चिकित्सक परामर्श प्रदान गर्नुका साथै सम्पूर्ण उपचार प्रक्रियामा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।
महाराजगञ्ज र बानेश्वरमा रहेका दुई शाखाबाट सेवा प्रदान गर्दै आएको यो क्लिनिकले छाला, कपाल र नङसँग सम्बन्धित सम्पूर्ण रोगको उपचारमा गर्दै आइरहेको छ ।
अनुभवी डाक्टर र विशेषज्ञहरूले अत्याधुनिक उपचारहरू जस्तै केश झर्ने समस्याको उपचार, साइटोकाइन थेरापी, कपाल प्रत्यारोपण, उमेर वृद्धिसँग सम्बन्धित छालाका परिवर्तनहरू जस्तै चाउरीपना, सुक्खापनका लागि एक्सोसोम थेरापी, कोलाजेन बुस्टिङ ट्रिटमेन्ट, बोटोक्स, फिलर र एचआईएफयू सेवाहरू उपलब्ध गराउँदै आएको क्लिनिकले जनाएको छ ।
यसैगरी शरीरको आकार मिलाउने उपचार (बडी कन्टुरिङ), छालाको अवस्था अनुसार विभिन्न प्रकारका फेसियल , हाइपरबेरिक अक्सिजन थेरापी, सौन्दर्य गाइनकोलोजी र प्लास्टिक सर्जरी जस्ता सेवाहरू पनि क्लिनिकले उपलब्ध गराउने क्लिनिकले जनाएको छ ।