नेपाल बंगलादेश बैंकले १० गतेदेखि ल्याउदै छ ऋणपत्र, ६∕६ महिनामा ब्याज भुक्तानी हुने |
काठमाडौं । नेपाल बंगलादेश बैंकले जेठ १० गतेदेखि सर्वसाधारणको लागि ८० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको छ । बैंकले ‘१०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ को लागि सार्वजनिक आह्वान गरेको छ ।
सर्वसाधारणले प्रति कित्ता १००० रुपैयाँको दरमा न्युनतम २५ कित्ता र अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । बैंकले पहिलो चरणमा जेठ १४ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा विक्री नभएमा ढिलोमा असार ८ गतेसम्म विक्री खुला गर्ने निष्काशन तथा विक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी दिएको छ ।
बैंकले सर्वसाधारण तर्फको ८ लाख कित्तामध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । ऋणपत्र धनीहरुले अद्र्धवार्षिक रुपमा ब्याज पाउने छन्।् । साउन १ र माघ १ मा व्याज भुक्तानी हुने छ ।
१० बर्ष अवधिको ऋणपत्र निष्काशन भएको तीन महिनाभित्रमा नेपाल स्टक एक्सचेन्जमा सूचिकृत हुनेछ । बैंकले आफ्नो पुरक पूँजी बढाउनका लागि ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्र निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार बैंकले ‘इक्रा एनपी आइआर ट्रिपल बी प्लस’ प्राप्त गरेको छ ।