नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस
![Nepal Telecom Building Nepal Telecom Building](https://www.arthikpati.com/wp-content/uploads/2024/12/Nepal-Telecom-Building-1024x585.jpg)
काठमाडौँ । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिने टेलिकमले जनाएको छ ।
यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै मोबाइल पइन्ट अफ सेल (एमपीओएस) र नमस्ते पे, इसेवा, खल्ती, आईएमईपे लगायतका डिजिटल वालेटहरु विकल्पको रुपमा रहेका छन् ।
कम्पनीले मङ्सिर १८ गतेदेखि आगामी पुस १७ गते सम्मका लागि एमपीओएस रिचार्जमा देहाय बमोजिम बोनससमेत उपलब्ध गराएको जनाएको छ ।
१, ५० देखि १०० रुपैयाँको रिचार्जमा २० मिनेट तीन दिनका लागि अन नेट भ्वाइस ।
२, १० देखि १९९ रुपैयाँको रिचार्जमा ५० मिनेट तीन दिनका लागि अन नेट भ्वाइस ।
३, २०० देखि ४९९ रुपैयाँको २ जीबी दुई दिनका लागि प्रतिदिन एक जीबी ।
४, ५०० र माथि रुपैयाँको ८ जीबी चार दिनका लागि प्रतिदिन २ जीबी ।
ग्राहकले सहजरुपमा कम्पनीका सेवाहरुमार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।
यसका साथै सहज तबरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ ।
प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले Start टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477# डायल गरी 1 छनौट गरेर सापटी लिन सक्ने टेलिकम प्रवक्ता हरि ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।