महुली लघुवित्तको थप सार्वजनिक निष्काशनको बाँडफाँड
काठमाडाैं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन अन्तर्गत साधारण शेयरको बाँडफाँड सम्पन्न भएको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा प्रति शेयर रु. १०० अंकित दरका ४,७५,४४९।१५ कित्ता शेयरहरु सर्वसाधारणका लागि उपलब्ध गराइएको थियो ।
यो थप सार्वजनिक निष्काशन २०८१ मंसिर ५ देखि ९ गतेसम्म खुला गरिएको थियो । शेयर खरिदका लागि रितपूर्वक आवेदन दिने मध्येबाट ४७,५४४ जना आवेदकलाई न्यूनतम १० कित्ता शेयर प्रदान गरिएको छ । बाँकी रहेका ९.१५ कित्ता शेयर भने २० देखि १,००० कित्ता आवेदन गर्ने ४,८२० जना आवेदकहरूमध्येबाट बाँडफाँड गरिएको छ । यस क्रममा ९ जनालाई थप १/१ कित्ता र १ जनालाई थप ०.१५ कित्ता प्रदान गरिएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को मापदण्ड अनुसार बाँडफाँड प्रक्रिया २०८१ मंसिर १९ गते शुक्रबार सम्पन्न गरिएको हो ।