नेपाल हाइड्रोको साधारणसभा भदौ १७ गते, ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव |
काठमाडौं (आपास) । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको तेस्रो वार्षिक साधारणसभा भदौ १७ गते हुने भएको छ । उक्त साधारणसभा रुपन्देहीको बुटवल कालिकानगर क्लब डेनोभो होटलमा हुने कम्पनीले जानकारी दिएको हो । कम्पनीको असार २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीले बोलाएको साधारणसभामा गणपूरक संख्या नपुगेकाले स्थगित भएको थियो । साधारणसभाको प्रस्तावमा ५ प्रतिशत बोनस शेयर वितरण गर्ने रहेको छ । साथै, अधिकृत पूँजी रू. १५ करोडबाट बढाएर रू. १६ करोड पुर्याउने र जारी पूँजी रू. १४ करोडबाट बढाएर रू. १५ करोड ३८ लाख ३१ हजार ९ सय पुर्याउने रहेको कम्पनीले जानकारी दिएको छ ।