गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” को सार्वजनिक निष्काशन तथा बिक्री सम्पन्न
काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” को सार्वजनिक निष्काशन तथा बिक्री चार कार्य दिनमा नै सम्पन्न भएकाे छ ।
गरिमा विकास बैंक लिमिटेड(GBBL) कोष प्रवद्र्घक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड(GCL)योजना व्यवस्थापक (Fund Manager) रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड(Garima Mutual Fund)काे अन्तर्गत पहिलो बन्दमुखी योजना (First Close-Ended Scheme)को एक अर्ब रूपैयाँ बराबरको “गरिमा समृद्धि योजना” को निष्काशन तथा बिक्री चार (४) कार्य दिनमा नै सम्पन्न भएकाे हाे ।
गरिमा समृद्धि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य १० रूपैयाँ दरको १० करोड इकाइहरू पुष ७ गते देखि पुष ११ गते सम्मका लागि सार्वजनिक निष्काशन खुल्ला गरिएको थियाे । उक्त अवधिभर रितपूर्वक माग भन्दा बढी रकमको लागि आवेदन परेकाे कम्पनीले जनाएकाे छ । साेहि क्रमा सार्वजनिक निष्काशन तथा बिक्री कार्य पुष ११ गते देखि लागू हुने गरी बन्द गरिएको पनि कम्पनीकाे भनाइ छ ।