सांग्रिला डेभलपमेन्ट बैंकको 'क्यू आर कोड स्क्यान' मार्फत नगद झिक्ने सुबिधा

सांग्रिला डेभलपमेन्ट बैंकको 'क्यू आर कोड स्क्यान' मार्फत नगद झिक्ने सुबिधा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सेवा र सुबिधालाई मध्यनजर गर्दै 'क्यू आर कोड स्क्यान' गरी नगद निकाल्न मिल्ने योजना सार्वजनिक गरेको छ । यस सुबिधा अन्र्तगत ग्राहक महानुभावहरुले आफुले चाहेको रकम आफनो आवश्यकता अनुुुसार 'क्यू आर कोड स्क्यान' गरि भुक्तानी लिन सक्नेछन् । 

यो सुबिधा अन्र्तगत अधिकतम रु.१,००,००० (अक्षेरुपी रु.एक लाख ) सम्म निकाल्न सकिनेछ। हाल सांग्रिला डेभलपमेन्ट बैंकको बालुवाटार शाखा कार्यालयबाट उक्त सेवा लिन सकिनेछ। चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ।  

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ। 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय