३१५ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित २० हजार नाघे

३१५ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित २० हजार नाघे
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 
 
योसँगै संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबारसम्म देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् भने कुल निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । 
 
अहिले देशभरी सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको प्रवक्ता डा. गौतमले बताए ।  प्रदेश नम्बर १ मा २ सय २५, प्रदेश नम्बर २ मा  २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५ र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत रहेका छन् ।
 
यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । 
 
प्रदेश अनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८ सय ५६, प्रदेश नम्बर २ बाट ३ हजार १ सय ४९, बागमती प्रदेशबाट ५ सय ३२ र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ बाट ३ हजार ९ सय ७१, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।
 
देशभरीका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५४, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७३, बागमती प्रदेशमा ८ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना क्वारेन्टिनमा रहेका छन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय