शाओमीको रेडमी नोट ९ सिरिज नेपाली बजारमा

शाओमीको रेडमी नोट ९ सिरिज नेपाली बजारमा
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन मोडल—रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको छ । शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीको लक्ष्य झल्काउँछ ।
 
रेडमी ९ ː एन्ट्री लेबल स्मार्टफोनको अनुभव पुन ː आविष्कार गर्दै 
 
पहिलो एन्ट्री लेबलको स्मार्टफोनको रुपमा बहुउपयोगी क्वाड क्यामेरा सेटअप विशेषता भएको रेडमी ९ ले जीवनको विशेष पलहरु खिच्न मद्दत गर्दछ । चाहे तपाईं द्रुत स्न्याप, वाईड एन्गल ग्रुप सट, मोहक विवरणका साथ क्लोज अप वा सुन्दर पोेट्रेट लिन खोजिरहनु भएको छ, रेडमी ९ ले यी सबै पुरा गर्नेछ । यो उपकरणले क्यालिडोस्कोप र पाम शटर जस्ता विशेषताहरु समावेश भएको प्रिमियम क्यामेराका साथ फोटोग्राफी अनुभवमा रमाइलो र रचानात्मक समाहित गर्दछ ।