२२४ जनामा कोरोना संक्रमित थपिए, १० हजार भन्दा बढी नमुना परीक्षण

थप चारको मृत्यु, मृत्यु हुनेको संख्या ५६ पुग्यो

२२४ जनामा कोरोना संक्रमित थपिए, १० हजार भन्दा बढी नमुना परीक्षण
काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो ।
 
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५र१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
यस्तै बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३र३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २र२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
थप चारको मृत्यु
 
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
 
मृतक सबै वीरगञ्जका हुन् । उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
 
नेपालमा संक्रमितको कुल संख्या भने १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय