देवेन्द्र बब्लु र मेलिना राईको नयाँ गीत ’मुसुक्क हाँस’ सार्वजनिक

देवेन्द्र बब्लु र मेलिना राईको नयाँ गीत ’मुसुक्क हाँस’ सार्वजनिक
काठमाडौं । गायक देवेन्द्र बब्लु लकडाउन समय पुर्खौली घर बाग्लुङ पुगेका थिए । त्यहाँ हुदाँ उनले नयाँ गीत लेखे । लकडाउन खुले लगत्तै उनी काठमाडौं फर्के। अनि ’मुसुक्क हास’ बोलको गीत रेकर्ड गराए । दुई प्रेमीको संवादमा आधारित यस गीतमा बब्लुले गायिका मेलिना राईको साथ लिए ।
 
यतिबेला ’मुसुक्क हाँस’ गीतले टिकटकमा चर्चा कमाइरहेको छ । यो बाहेक देवेन्द्रले व्यक्तिगत रुपमा समेत सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँछन् । ’लकडाउनबेला बाग्लुङमा थिए । त्यही हुदाँ गीत तयार थियो । यहाँ आएर अरु व्यवस्था मिलायौं,’ देवेन्द्रले भने, ’बाग्लुङले बोलीचाली भाषामा भएर होला सकारात्मक प्रतिक्रिया पाइरहेको छु ।’
 
धेरैपछि बाग्लुङ पुग्दा स्थानीय लवजमा आफ्नो ध्यान गएको बताउने गायक बब्लुले यो गीतमा त्यहीँको लवज प्रयोग गरेका छन् । 
 
वसन्तपुर परिसरमा छायांकन यो गीतको भिडिओमा देवेन्द्र र रोशनी कार्कीले अभिनय गरेका छन्। भिडिओ देवेन्द्र बब्लुले आफैंले निर्देशन गरेका छन् भने अनिल के. मानन्धरको सिनेम्याटोग्राफी रहेको छ । गीत शुक्रबार देवेन्द्रको आधिकारिक युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
 
बब्लु चर्चित गायक प्रकाश सपुतका भाइ हुन् । बब्लुका यसअघि पुरानो साइकलमा, बुढाबुढी, एक्लै जान सक्छ्यौ आदि गीत सार्वजनिक छन् । 
 
 
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय