कर्मचारी सञ्चय कोषका ऋणीहरुले कनेक्ट आइपिएसमार्फत भुक्तान गर्नसक्ने

कर्मचारी सञ्चय कोषका ऋणीहरुले कनेक्ट आइपिएसमार्फत भुक्तान गर्नसक्ने

काठमाडौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा ब्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्नसक्ने गरी सहमति भएको छ ।

उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका थिए ।

भुक्तानी गर्न ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरेपछि गभरमेन्ट पेमेन्टअन्तर्गत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरेर भुक्तानी प्रक्रिया सुरु गर्नसक्ने बताइएको छ ।

नयाँ व्यवस्थाअनुसार बैंक नगई विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।

माछापुच्छ्रे बैंकले १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल, १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिनमार्फत् सेवा दिदैं आएको छ ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय