भाइबरले फेसबुकसँगको व्यवसायिक सम्बन्ध तोड्यो

भाइबरले फेसबुकसँगको व्यवसायिक सम्बन्ध तोड्यो
काठमाडौं । सुरक्षित एवं निːशुल्क सञ्चारको लागि विश्वको अग्रणी मैसेजिङ्ग एपहरु मध्ये एक– राकुटेन भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यवसायिक सम्बन्धहरु तोड्ने घोषणा गरेको छ । यो मैसेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्चहरु रोक्ने निर्णय पनि लिएको छ । यो भाइबरले जनाएको बढ्दो अनलाइन अभियान #StopHateForProfit  तर्फको साथ र एक ठूलो टेक्नोलोजिकल कम्पनिको वहिष्कार हो ।
 
फेसबुकको डाटा उल्लँघन र हिंसात्मक बयानबाजी विरुद्ध लड्ने असफलताले सीमा नाघेको हुँदा भाइबरले आफ्ना १ अर्ब प्रयोगकर्ताहरुको संरक्षणको निम्ति आफ्नो सबै टचप्वाइन्टहरु हटाउनुका साथसाथै विज्ञापन खर्चमा रोक लगाउन उपयुक्त कदमहरु लिने भएको छ ।
 
पछिल्ला केही हप्ताहरुमा अमेरीका भरी फैलिएको प्रतिकार प्रदर्शनीहरुको बीचमा एन्टि–डिफामेसन लीग एण्ड एनएएसिपि लगायत अरु ६ वटा संगठनहरुले फेसबुकमा हुने द्वेषपूर्ण वक्तव्य–बाजीबाट प्रयोगकर्ताहरुलाई संरक्षण प्रदान गर्नमा सो कम्पनी असक्षम रहेकोले जुलाई महिनाभरीको लागि त्यस सामाजिक सञ्जालमा विज्ञापन खर्च स्थगनका लागि फेसबुक विज्ञापनदाताहरुलाई आव्हान गरेका छन् । डाटाको गलत प्रयोगका अनगिन्ती घटनाहरु र विगतमा भएको चर्चित क्याम्ब्रिज एनालाइटिका काण्ड, जस्मा राजनैतिक परामर्शदातृ फर्मले ८७ मिलियनसम्म फेसबुक प्रयोगकर्ताहरुको डाटा अनुपयुक्त तवरले उपयोग गरेको घटनाका कारण फेसबुकको द्वेषपूर्ण वक्तव्यबाजीले अन्तिम रुप लिएको भनि भाइबरले देख्दछ । यसै कारण भाइबरले #StopHateForProfit अभियानलाई अझ अगाडि लैजान फेसबुकसँगका सबै किसिमको व्यवसायिक सम्बन्धहरु तोडेको हो ।
 
भाइबरको सिइओ जमेल अगाउवाले भने “फेसबुकले आजको समयमा आफ्नो भूमिकाबारे बुझ्न निरन्तर कमजोर निर्णय प्रस्तुत गर्दै आइरहेको छ । कम्पनीको डाटाको गलत व्यवस्थापन र यसका एपहरुमा गोपनीयताको अभावदेखि लिएर हिंस्रक र खतरनाक बयान–बाजीबाट जनताहरुलाई संरक्षण गर्न आवश्यक कदमहरु नलिने अडानलाई हेर्दा फेसबुक धेरै टाढा गैसकेको छ ।  हामी सत्यको मध्यस्थहरु होइनौं तर असलमा नै केही मानिसहरु हिंसात्मक सामग्रीहरुको प्रसारबाट प्रताडित भैरहेका छन् र कम्पनीहरुले निश्चय नै स्पष्ट अडान लिनु जरुरी छ ।”
 
भाइबर एपबाट फेसबुक टचप्वाइन्टहरु हटाउने प्रक्रियाले २०२० को जुलाईको आरम्भसम्ममा पूर्णता पाइसक्ने अपेक्षा गरिएको छ । फेसबुकमा विज्ञापनको लागि गरिने खर्चमाथिको प्रतिबन्ध भने तत्कालै लागू गरिनेछ ।
 
राकुटेन भाइबरको बारेमा
 
राकुटेन भाइबरमा हामी मानिससँग मानिसलाई जोड्दछौं । ती मानिसहरु जहाँबाट जो भएपनि त्यसले केही फरक पार्दैन । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः एक एकजनाबीच च्याट गर्ने, भिडियो कल गर्ने, सामूहिक म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिन्को जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।
 
राकुटेन भाइबर राकुतेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो । 
 
 
 
 
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय