सैनामैनामा सवारी दुर्घटना, बाबुछोराको मृत्यु

सैनामैनामा सवारी दुर्घटना, बाबुछोराको मृत्यु
बुटवल । रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा न. ६ कलौनी शान्तिटोलमा भएको सवारी दुर्घटनामा एकैघरका बाबुछोराको मृत्यु भएको हो ।
 
कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशातर्फ गइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
 
दिउँसो २ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना वडा न.१ का ५० वर्षीय टेकबहादुर परियार र ३० वर्षीय सन्तोष परियारको मृत्यु भएको हो ।
 
मृतक दुवै जना बाबुछोरा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
सन्तोष कपिलवस्तुमा कार्यरत प्रहरी जवान समेत रहेको प्रहरीले जनाएको छ ।
 
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय