डाट्सन गाडीको अफर “बाइ नाउ पे इन २०२१”

डाट्सन गो र रेडी गो खरिदमा ६ महिना अवधि सम्म इएमआई तथा व्याज नलाग्ने

डाट्सन गाडीको अफर “बाइ नाउ पे इन २०२१”
काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्ता आक्रान्त रहेको छ । नेपाली उपभोक्ताको समस्या तथा सीमिततालाई मध्यनजर गर्दै अझ सहज सुविधा सहित नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले  “बाइ नाउ पे इन २०२१” योजना प्रस्तुत गरेको छ । 
 
यस योजना अन्तर्गत ग्राहकले गाडी किनिसके पछि ६ महिना अवधि सम्म कुनै पनि इएमआई तथा व्याज तिर्नुपर्नेछैन । उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनिले बेहोर्ने छ । साथमा आकर्षक नगद छुट उपलब्ध रहनेछ ।
 
डाट्सन रेडी गो ०ː८ L र १ː०  L  तथा डाट्सन गो शक्तिशाली १ː२  L  इन्जिनका साथ बजारमा उपलब्ध छन् ।
 
गाडीको खरिदमा गाडीका विभिन्न एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुबिधा, १ वर्षसम्मको सडक कर यो योजना अन्तर्गत उपलब्ध रहनेछ । 
 
यो अफर स्टकको उपलब्धता सम्म रहनेछ । साथै शर्तहरु लागू हुनेछ ।
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय