एनआईसी एशिया लघुवित्तको आइपीओमा ५.१५ गुणा बढि आवेदन

एनआईसी एशिया लघुवित्तको आइपीओमा ५.१५ गुणा बढि आवेदन
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिन आइतबारसम्ममा ५ गुणाभन्दा बढी शेयर खरिदको लागि आवेदन परेको छ ।
 
असार १४ गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा ३ लाख ९९ हजार १४४ जना आवेदकबाट २ अर्ब २८ करोड ९५ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड २८ लाख ९५ हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । यो सर्वसाधारणमा निष्काशन गरिएको कुल शेयरको ५.१५ गुणा धेरै हो ।
 
लघुवित्तले गत बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको हो ।
 
लघुवित्तले बिक्रीमा ल्याएको आइपीओ आइतवारबाट बिक्री बन्द भएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय