एनआईसी एशिया लघुवित्तको आइपीओमा साढे ३ गुणा बढी आवेदन

एनआईसी एशिया लघुवित्तको आइपीओमा साढे ३ गुणा बढी आवेदन
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा तेस्रो दिनसम्ममा साढे ३ गुणा बढी शेयर खरिदको लागि आवेदन परेको छ ।
 
असार १२ गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा २ लाख ९७ हजार ८९३ जना आवेदकबाट १ अर्ब ६६ करोड २८ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २८ हजार ३१० कित्ता शेयर खरिदको लागि आवेदन परेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । यो सर्वसाधारणमा निष्काशन गरिएको कुल शेयरको ३.७४ गुणा धेरै हो ।
 
लघुवित्तले बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको हो ।
 
लघुवित्तले जारी गरेको आइपीओमा सर्वसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन गर्न सक्नेछन् ।
 
लघुवित्तको आइपीओमा आवेदन दिन चाहनेहरुले छिटोमा असार १४ गतेसम्म आवेदन दिनसक्ने क्यापिटलले जनाएको छ । लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै, मेरो शेयर प्रयोगकर्ताले मेरो शेयरमार्फत पनि आवेदन गर्न सक्नेछन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय