रसुवामा ९ सहित ५५४ संक्रमित थपिए, ७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस

संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

रसुवामा  ९ सहित ५५४ संक्रमित थपिए, ७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 
 
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
 
उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।  योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 
 
शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । 
 
यस्तै बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ।  
 
यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै सक्रमणबाट मृत्यु हुनेको सख्या २८ पुगेको गौतमले जानकारी दिए । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय