त्रिवि चिकित्सा अध्ययन संस्थानको डिनमा डा.दिव्या सिंह नियुक्त

त्रिवि चिकित्सा अध्ययन संस्थानको डिनमा डा.दिव्या सिंह नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा.दिव्या सिंह शाह नियुक्त भएकी छिन् । त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गरेको हो ।
 
यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत रहेकी थिइन् । डा.शाहले सञ्चारकर्मीहरुसँग कुरा गर्दै बिहीबारदेखि कार्यभार सम्हाल्ने जानकारी दिइन् ।
 
यसअघिका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय