अमलेखगञ्ज डिपोमा अवरोध गर्न खोजिएको भन्दै निगमद्वारा सुरक्षा माग

अमलेखगञ्ज डिपोमा अवरोध गर्न खोजिएको भन्दै निगमद्वारा सुरक्षा माग
काठमाडौं । पूर्वी र मध्य नेपालको पेट्रोलियम पदार्थ वितरणको लाइफलाईन अमलेखगन्ज डिपो बन्द गराउन दबाव आएको भन्दै नेपाल आयल निगमले सुरक्षा माग गरेको छ ।कोरोना संक्रमणको जोखिमलाई कारण बनाउँदै स्थानीयहरुले डिपो बन्द गराउन दबाव दिएको भन्दै निगमले गम्भीर आपत्ति जनाएको हो ।
 
स्थानीय असंगठित समूहले जसरी पनि डिपोको भिडभाड बन्द गराउनुपर्ने भन्दै दबाब दिएको निगमको दुई नम्बर प्रादेशिक प्रमुख इन्जिनियर भरत रेग्मीले बताए ।
 
पाइपलाइनबाट आउने डिजेल तथा ट्याकंरबाट ढुवानी हुने पेट्रोल लगायतका इन्धन अमलेखगन्जबाट पूर्वको विराटनगर, पश्चिममा भैरहवा, पोखरा र केन्द्रीय राजधानी काठमाडौंमा वितरण हुने गरेको डिपोले जनाएको छ ।
 
अमलेखगन्ज डिपो बन्द हुँदा आधा नेपालको पेट्रोलियम वितरण प्रभावित हुनेभन्दै निगमले जिल्ला प्रशासन कार्यालय बारामा सुरक्षा माग गर्दै निवेदन दिएको छ ।
 
कोरोना जोखिमलाई मध्यनजर गर्दै सवारी साधन डिस्इन्फेक्सनलाई प्रभावकारी बनाइएको, अनावश्यक भिडभाड कम गरिएको भए पनि अवरोध सिर्जना गरिएको अमलेखगन्ज डिपोले जनाएको छ ।
 
मंगलबार बेलुका बस्ने भनिएको बार्तालाई अस्वीकार गर्दैै स्थानीयले बुधबारबाट अबरोधको घोषणा गरेपछि निगमले विज्ञप्ति निकालेर सुरक्षाको माग गरेको हो । संकटको बेला अत्यवश्यक वस्तुको विरतण नरोक्न निगमका जारी अमलेखगन्ज डिपोले आग्रह गरेको छ ।
 
पेट्रोलियम पदार्थ अत्यावश्यक सेवामा पर्ने र देशभरिकै वितरणमा अमलेखगन्ज महत्वपूर्ण भएकाले अबरोध हुन नदिने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय