फेरि थपिए ५३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३५७ पुग्यो

३१ जिल्लामा फैलियो, गुल्मीमा पनि पुग्यो कोरोना

फेरि थपिए ५३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३५७ पुग्यो
काठमाडौं । स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । 
 
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।
 
देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 
 
यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
सबै १८ देखि ४६ वर्ष उमेरका रहेका छन् । सोमबार बिहान पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट र बारा जिल्लाका हुन् । 
 
हालसम्म परीक्षण अवस्था
 
३० हजार ७२३ पीसीआर
६९ हजार ५६० आरडीटी
बितेको २४ घण्टामा २ हजार ५५८ पीसीआर परीक्षण
बितेको २४ घण्टामा परीक्षण १ हजार ७९१ आरडीटी परीक्षण
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय