थप तीन जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमितको संख्या २९५ पुग्यो

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमितको संख्या २९५ पुग्यो
काठमाडौं । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । 
 
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
 
मोरङको विराटनगर निवासी २९ वर्षीया महिला  र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।  योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।
 
यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय