Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
कोरोना भाइरसबाट जोगिन कस्ता खानेकुरा खाने ? यस्तो छ खानपानबारे डब्लुएचओको पाँच टिप्स
एजेन्सी
२०७७-०१-२९
बिचार / प्रतिक्रिया
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले धेरै कुराहरू परिवर्तन भइरहेका छन् । काम गर्ने तरिका, सरसफाइदेखि खानपानको तरिका परिवर्तन भएका कुराहरूको सूचीमा समावेश छन् ।
मानिसको प्राथमिकतामा स्वास्थ्य र विशेषगरी खानपान र स्वच्छताको मुद्दा अचानक माथि आएको छ । यसअघि यो कुरा प्राथमिकतामा थिएन भन्ने होइन । तर, यसअघि खानपान र स्वच्छता हाम्रो जीवनशैलीको यस्तो कुरा थियो, जसलाई आ–आफ्नो रुचिको रुपमा हेरिन्थ्यो ।
अहिले मानिसहरू के कोरोना भाइरस खानपानको कारण पनि फैलिन्छ ? भन्ने कुराले चिन्तित बनेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खानपानका लागि आवश्यक पाँच जरुरी टिप्स दिएको छ ।
१. सधैं स्वच्छ रहनुहोस्
– खाना बनाउनुभन्दा पहिला र खाना बनाउँदै गर्दा हात धोइरहनु जरुरी हुन्छ ।
– शौचालय गएपछि हात धुनु जरुरी हुन्छ ।
– भान्सा, चुलो र भाँडा राम्रोसँग धुनुहोस् र स्यानिटाइज्ड गर्नुहोस् ।
– भान्सालाई कीरा तथा अन्य जनावरबाट मुक्त राख्नुहोस् ।
यो किन आवश्यक छ ?
धेरैजसो सूक्ष्म जीवाणुले रोग फैलाउँदैनन् । तर, यिनीहरूमा केही यस्ता जीव पनि हुन्छन्, जुन माटो, पानी, जनावर र मानिसमा व्यापकरुपमा पाइन्छ । यस्ता सूक्ष्म जीव हाम्रो हात, सरसफाइमा प्रयोग हुने कपडा, भाँडा, काटिङ बोर्डमा पनि हुन सक्छन् ।
खानेकुरासँग यस्ता जीवको सम्पर्क भयो भने खानपानबाट हुने रोगहरू फैलिने खतरा बढी हुन्छ ।
२. काँचो खानेकुरालाई पाकेकोसँग नराख्नुहोस्
– कुखुराको मासु, अण्डा, काँचो मासु र समुद्रका जीवजन्तुको मासुजस्ता खानेकुरालाई छुट्टै राख्नुहोस् ।
– काँचो खानेकुरालाई चलाउने चक्कु, कटिङ बोर्डजस्ता भाँडा छुट्टै प्रयोग गर्नुहोस् ।
– काँचो खानेकुरा र पाकेको खानामा कुनै किसिमको सम्पर्क नहोस् भन्नेमा ध्यान दिनुहोस् ।
यो किन आवश्यक छ ?
काँचो खानेकुरा विशेषगरी मासु, अण्डा र समुद्री जनावरको मासुमा यस्ता खतरानक सूक्ष्म जीव हुन सक्छन्, जुन पकाउँदा अन्य खानेकुरालाई संक्रमित गर्न सक्छन् ।
३. खानेकुरा राम्रोसँग पकाउनुहोस्
– विशेषगरी मासु, कुखुरा, अण्डा र समुद्री जीवको मासु राम्रोसँग पकाउनु जरुरी हुन्छ ।
– सुप र झोल पदार्थ उमाल्दा तापक्रम कम्तीमा ७० डिग्री सेल्यिससम्म पुगेको सुनिश्चित गर्नुहोस् ।
– पाकिसकेको खानालाई राम्रोसँग फेरि तताउनुहोस् ।
यो किन आवश्यक छ ?
राम्रोसँग खाना पकाउँदा सूक्ष्मजीवहरू पूर्णरुपमा नष्ट हुन्छन् । अनुसन्धानको क्रममा ७० डिग्रीसम्म खाना पकाउँदा यो खान लायक हुने गरेको पाइएको छ ।
४. खानेकुरालाई सुरक्षित तापक्रममा राख्नुहोस्
– पाकेको खानेकुरालाई कोठाको सामान्य तापक्रममा दुईघण्टाभन्दा लामो समय नराख्नुहोस् ।
–तयार भएको र छिटै बिग्रिने खानेकुरालाई पाँच डिग्रीभन्दा कम तापक्रममा फ्रिजमा राख्नुहोस् ।
– फ्रिजमा पनि खाना लामो समयका लागि स्टोर नगर्नुहोस् ।
– जमेका चीजहरूलाई सामान्य तापक्रममा कोठामा पग्लिन नदिनुहोस् ।
यो किन आवश्यक छ ?
पकाएको खानालाई सामान्य तापक्रममा कोठामा राख्दा सूक्ष्मजीवको छिटै विकसित हुन सक्छन् । पाँच डिग्रीभन्दा कम वा ६० डिग्रीभन्दा बढी तापक्रममा सूक्ष्म जीवको विकास रोकिन्छ वा सुस्त हुन्छ । यद्यपि केही खतरानक सूक्ष्मजीव पाँच डिग्रीभन्दा पनि विकसित हुन्छन् ।
५. सफा पानी र स्वच्छ भोजन सामग्री
– स्वच्छ पानीको प्रयोग गर्नुहोस् र यो उपलब्ध नभए सुरक्षित र प्रयोग गर्न सकिने किसिमले सफा गर्नुहोस् ।
– ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्नुहोस् ।
– सुरक्षितरुपमा तयार पारिएको खाना रोज्नुहोस् ।
– फलफूल तथा तरकारीलाई अनिवार्यरुपमा पखाल्नुहोस् ।
– म्याद गुज्रिएका खानेकुरा नखानुहोस् ।
यो किन आवश्यक छ ?
पानी र बरफमा केही सूक्ष्म जीव वा हानिकारक तत्व हुन सक्छन् । खराब र विषालु खानामा विषाक्त रसायन हुन सक्छन् ।
स्रोत बीबीसी
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
स्वास्थ्य / जीवनशैली सम्बन्धित शीर्षकहरु
मधुमेहका बिरामीले खानैपर्ने खाद्यपदार्थ
विद्यार्थीको किचेन व्यवस्थापन गर्ने तरीका
कोरोना सङ्क्रमणका कारण भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने
आजबाट छठ पर्व शुरु, पहिलो दिन नहाय–खाय विधि सम्पन्न गरिदैं
ताजा अपडेट
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
महासंघको स्वास्थ्य तथा शीप विकास समिति विस्तार
सर्वोत्कृष्ट बैंक एनएमबिको बचतमा सर्वोच्च व्याजदर
एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने
ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालन
कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध
आइएमई पे र इन्द्रपुर खानेपानीवीच सम्झौता
भाइरल युवक अर्जुन विक पक्राउ परे
व्यापार सहजीकरण तथा निर्यात वृद्धिको उदेश्यसहित नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा
भन्सारलाई ‘पेपरलेस’ गर्न राष्ट्रिय एकद्वार प्रणाली
लोकप्रिय
फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१ सुरु
पूँजी बजारको सुधार मेरो प्राथमिकतामा छ ː अर्थमन्त्री
एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा बीमा रकम हस्तान्तरण
एशियन कोअपरेशन डाइलगको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा महासंघको सहभागिता
महासंघको निर्यात प्रवद्र्धन समिति विस्तार
पठाओ प्रयोगकर्ता र राइडरहरुको बीमा हुने
विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकारात्मक प्रभाव पार्दैन : अर्थमन्त्री पौडेल
एनसेलले रिङ रोडको १०.२ किलोमिटर सडकखण्डमा हरियाली निर्माण तथा संरक्षण गर्दै