टिकटकले राख्यो नयाँ कीर्तिमान, प्रयोगकर्ता २ अर्ब नाघे

टिकटकले राख्यो नयाँ कीर्तिमान, प्रयोगकर्ता २ अर्ब नाघे
वर्तमान समयको सर्वा्धिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ । चिनियाँ कम्पनी बाइट डान्स मातहतको यो लोकप्रिय एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट गरी २ अर्ब पटक डाउनलोड भएको मोबाइल प्रविधि तथा एप्लिकेसन सम्बन्धी अनुसन्धान गर्ने कम्पनी क्भलकयच त्यधभच ले जनाएको छ ।
 
स्मरणहोस्स् पाँच महिनाअघि मात्र टिकटकका प्रयोगकर्ता डेढ अर्ब पुगेका थिए । पछिल्लो पाँच महिनामै टिकटकले ५० करोड नयाँ प्रयोगकर्ता थप्न सफल भएको हो ।
 
सन् २०२० को पहिलो त्रैमासिकमा टिकटकले एप डाउनलोडको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । जनवरीदेखि मार्च सम्मको अवधिमा एप स्टोर र गुगल प्लेमा गरी टिकटक ३१ करोड ५० लाख पटक डाउनलोड भएको छ । कुनै पनि मोबाइल एप एक त्रैमासिक अवधिमा यतिधेरै पटक डाउनलोड भएको यो पहिलो पटक हो ।
 
पछिल्लो ३ महिनामा टिकटक एपको डाउनलोड संख्याले कीर्तिमान कायम गर्नुमा महामारीको लकडाउन सबैभन्दा मूख्य कारण रहेको बताइएको छ । कोरोना भाइरस महामारीको लकडाउनका कारण करोडौँ मानिसहरु घरभित्रै रहेको र उनीहरुले मनोरञ्जनका लागि टिकटकको अत्यधिक प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ ।
 
रिपोर्ट अनुसार टिकटक प्रयोगमा भारत सबैभन्दा अगाडि रहेको छ । भारतमा कूल ६१ करोड १० लाख पटक टिकटक डाउनलोड भएको छ । यो टिकटकको कूल प्रयोगकर्ताको ३० दशमलब ३ प्रतिशत हो ।
 
दोश्रो स्थानमा रहेको चीन भारतभन्दा निकै पछाडि छ । अर्थात् कूल डाउनलोडको ९.७ प्रतिशत रहेको चीनमा टिकटक एप १९ करोड ६६ लाख पटक डाउनलोड भएको छ ।
 
त्यस्तै टिकटक एप डाउनलोड भएको एप प्लाटर्फममध्ये गुगल प्ले स्टोर झण्डै तेब्बरले अगाडि छ। गुगल प्ले स्टोरबाट डेढ अर्ब पटक टिकटक डाउनलोड भएको छ भने एप्पलको एप स्टोरबाट जम्मा ४९ करोड ५२ लाख पटक डाउनलोड भएको छ ।
 
स्मरणहोस्स् नितान्त मनोरञ्जनको साधनको रुपमा रहँदै आएको टिकटकले पछिल्लो समय कल्याणकारी काममा पनि कदम चालेको छ ।
टिकटकले हालै म्यलबतष्यल क्तष्अपभचक थप गरेको छ । जसको माध्यमबाट मानिसहरुले च्यारिटीका लागि रकम दान गर्न सक्दछन् । कोरोना भाइरस महामारीविरुद्धको लडाइँलाई सहयोग गर्ने मनसाय स्वरुप नयाँ फिचर सुरु गरेको टिकटकले यसमार्फत् आगामी मे २७ सम्ममा १ करोड डलर रकम संकलन गर्ने लक्ष्य बनाएको छ ।
 
टिकटक प्रयोगकर्ताहरुले डोनेसन स्टिकर फिचरमार्फत आफूले रकम दान गर्न सक्ने मात्र नभै आफ्ना भिडियोहरु तथा लाइभ स्ट्रिमिङमा समेत यी स्टिकरहरु प्रयोग गरी आफ्नो फलोअर्सलाई दानका लागि प्रेरित गर्न सक्दछन् ।
 
डोनेसन स्टिकर फिचरले प्रयोगकर्तालाई एपभित्रैको डोनेसन पेजमा लैजान्छ जहाँ प्रयोगकर्ताले आफ्नो बैंक विवरण तथा दान गर्न चाहेको रकम उल्लेख गरी आर्थिक सहयोग प्रदान गर्न सक्दछन् ।
एजेन्सीको सहयोगमा
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय