बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३३ पुग्यो, ४० भन्दा बढी संक्रमित

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३३ पुग्यो, ४० भन्दा बढी संक्रमित
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुने गैर आवाआसीय नेपालीहरुको संख्या ३३ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । 
 
यसैगरी, बेलायतमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।  भने, २२ जना उपचारपछि घर फर्किसकेको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् ।  मृत्यु हुनेहरुमा करिब दुई दर्जनजति भूपू गोर्खाहरु रहेका छन् ।
 
कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा तीनजना महिलाहरु रहेका छन् । नेपालीहरुले आफ्नो वास्तविक अवस्थाबारे जानकारी दिन नचाहने भएकोले कोरना संक्रमितको संख्या अझ बढी हुनसक्ने अनुमान छ । बेलायतमा विशेषगरि पूर्व गोर्खाहरु बढी भएकोले बृद्धबृद्धाहरुको संख्या धेरै भएकोले कोरोनाको निकै प्रभाव पर्ने देखिन्छ ।
 
बेलायतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार ३ सय १९ पुगेको छ  बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जनामा कोरोना पोजिटिभ देखिएको छ भने गएको २४ घन्टामा ४ हजार ९ सय १३ जना थप संक्रमित भएका छन् । 
 
विश्वभरी कोरोनाबाट मृत्यु हुने २० हजार माथिका मुलुकहरु  अमेरिका, स्पेन, इटाली र फ्रान्सपपछि बेलायत पाचौं स्थानमा रहेको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वमा २ लाख भन्दा बढीको ज्यान गइसकेको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय