पुनर्बीमा कम्पनीको आईपीओ भोली बाँडफाँड हुँदै

पुनर्बीमा कम्पनीको आईपीओ भोली बाँडफाँड हुँदै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी आईपीओ भोलि चैत २६ गते बुधबार बाँडफाँड हुने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन लम्बिएपछि कम्पनीको आईपीओ भोली नै बाँडफाँड गर्न लागेको हो ।
 
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रि प्याकुरेलले लकडाउन लम्बिएपछि बुधबार बिहान ७ː३० बजे आईपीओ बाँडफाँड गर्न लागिएको जानकारी गराए ।
 
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध आरबीबी मर्चेन्टका अनुसार कम्पनीको आईपीओमा माग भन्दा ३.६८ गुणा धेरै आवेदन परेको छ । ४ लाख ९ हजार ७२२ जनाले आवेदनबाट ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको हो । 
 
कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो ।
 
कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय