लक डाउन थपिएसंगै शेयर बजार पनि बैशाख ३ सम्म बन्द रहने

लक डाउन थपिएसंगै शेयर बजार पनि बैशाख ३ सम्म बन्द रहने
काठमाडौं । सरकारले लक डाउन अबधि बढाए सँगै शेयर बजार बन्दले निरन्तरता पाउने भएको छ । नेप्सेको संचालक समितिले बन्द गर्ने निर्णय गरेको छ ।
 
यस अघिनै धितो पत्र बोर्डले सरकारले गरेको निर्णय अनुसार नै गर्नु भन्ने आसय सहितको पत्र लेखिसकेको छ । सोहि पत्रको आधारमा बन्दको अबधि थप लम्बिने भएको छ ।
 
कोरोनाको प्रकोप नियन्त्रणका लागि चैत्र ११ देखिको लक डाउन बैशाख ३ सम्म  थपिएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय