नेपाल लाइफ इन्स्योरेन्सले गर्यो कारोना विरुद्धको उपचार कोषमा एक करोड सहयोग

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो कारोना विरुद्धको उपचार कोषमा एक करोड सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड सहयोग गर्ने भएको छ ।
 
कम्प्नीको सञ्चालक समितिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
 
विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेको प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् विविध प्रकारको सहयोग गर्दै आइरहेको बताउँदै यो महामारी रोक्नको लागि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत् नै सो सहयोग गरिएको कम्पनीले जनाएको छ ।
 
कोभिड–१९ महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय