डब्लुएचओ र भाइबरको कोभिड–१९ को बारेमा गलत सूचनालाई रोक्ने संयुक्त पहल

 डब्लुएचओ र भाइबरको कोभिड–१९ को बारेमा गलत सूचनालाई रोक्ने संयुक्त पहल
काठमाडौं । आज विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र  भाइबरले कोभिड–१९ को सन्दर्भमा प्रवाह हुने गलत सूचना विरुद्ध अभियान छेड्न एकआपसमा समझदारी गरेका छन् । जुन बहु–भाषिक अन्तरक्रियात्मक च्याटबट विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो बटको एकमात्र उद्देश्य भनेकै भाइरसको विषयलाई लिएर तीव्रगतिमा फैलाइने झुठो जानकारी तथा गलत समाचारहरु विरुद्ध जुध्नु हो ।
 
सही सूचनाको खोजीमा रहेका विश्वका नागरिकहरुलाई सहयोग गर्न यो च्याटबट अँग्रेजी, अरेबिक, रसियन भाषामा उपलब्ध छ र चाँडै नै २० अन्य भाषाहरुमा पनि अनुवाद गरिनेछ । यसले महामारीलाई लिएर अत्यधिक रुपमा सोधिएका प्रश्नहरु एवं पछिल्लो ताजा समाचारहरुलाई प्रमुखता दिनेछ ।
 
“लेटेस्ट न्यूज” (हालको ताजा समाचार) लाई डब्लुएचओको वेबसाइटबाट सिधै एउटै समयमा अद्यावधिक गरेर त्यसलाई सोझै यस भाइबर बटमा प्रेषित गरिन्छ । अन्य मुख्य खण्डहरुमा “प्रोटेक्ट योरसेल्फ”, “मास्क युजेज” “ट्राभल रिकम्मेन्डेसन्स” तथा भाइरसको बारेमा तपाईंको ज्ञान जाँच गर्न एक अन्तरक्रियात्मक “मिथ्स” क्वीज रहेका छन् । यसैगरी च्याटबटमा रहेको “डोनेट नाउ” बटनले प्रयोगकर्ताहरुलाई डब्लुएचओले महामारी विरुद्ध लड्न स्थापना गरेको कोभिड–१९ सोलिड्यारिटी रेसपन्स फण्डको लागि आफ्नो तर्फबाट चन्दा सहायता प्रदान गर्न सक्नेछन् ।
 
“विश्व स्वास्थ्य संगठनले नवीनतम् डिजिटल प्रविधिको सहायताले भरपर्दो सूचनाका साथ सम्भव भएसम्म विश्वका धेरैभन्दा धेरै नागरिकहरुमाझ पुग्ने लक्ष्य लिएको छ । सही सूचना शक्ति हो र यसले यस्तो महामारीको समयमा जीवनहरु बचाउन मद्दत पुग्छ ।” डब्लुएचओका महा निर्देशक डा. टेड्रोस एद्हानम गेब्रेयेससले भने ।
 
“हामीले मानिसहरुलाई सम्पर्कमा रहिरहन साथसाथै स्थानीय एवं विश्वभरका सरकार तथा  संसारभरका स्वास्थ्योपचार सम्बद्ध संस्थाहरुलाई संकटास्पद अद्यावधिकहरु उपलब्ध गराएर र गलत सूचना विरुद्ध लड्न पनि सहयोग गरिरहेका छौं । राकुटेन भाइबर र डब्लुएचओले यो विषम अवस्थामा व्यक्तिहरु र समुदायहरुलाई स्वस्थ एवं सुसूचित रहनका लागि मद्दत गर्न मिलेर संयुक्त रुपमा काम गरिरहेको छ । यो च्याटबट तपाईं आफैले प्रयोग गर्नुहोस्, अनि यसलाई आफ्नो प्रियजनहरुसँग साझा गरेर तपाईंका आफन्तहरुको सुरक्षा र सहायता गर्नुहोस् । डिजिटल सुरक्षित छ ।” राकुटेन भाइबरका सीईओ जमेंल अगाउवाले बताए ।
 
यो च्याटबट निːशुल्क छ र विश्वभरका सबै भाइबर प्रयोगकर्ताहरुका लागि च्याटबट अहिले नै उपलब्ध भइसकेकोे छ । यसको अतिरिक्त भाइबरले भाइरससँगै अग्रपँक्तिमा रहेर रोगीहरुको सेवामा खटिइरहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको योगदानको कदर गर्न तथा उनीहरुको मनोबल उकास्न साथसाथै लक डाउनको समयमा समग्र विश्वलाई उत्प्रेरणा प्रदान गर्न र सकारात्मक भावहरु संचार गर्न  खास रुपमा तयार पारिएको स्टिकर प्याक पनि प्रस्तुत गर्ने भएको छ । यो प्याक भाइबरको स्टिकर मार्केटबाट डाउनलोड गर्ने जोकोहीले च्याटबटमा छिटो र सजिलै पहुँच प्राप्त गर्नेछ । बट यो लिन्कमार्फत् पनि प्राप्त गर्न सकिन्छː https://vb.me/c6e9fa
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय