अब मेगा बैंकका ग्राहकहरुलाई घरमै नर्सिङ सेवा

अब मेगा बैंकका ग्राहकहरुलाई घरमै नर्सिङ सेवा

काठमाडौं ।  मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । 

मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो । 

सम्झौता पत्रमा मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र शुलभ हेल्थका निर्देशक साईरा श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौताअनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले चाहेमा शुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

शुलभ हेल्थ होमले बृद्धबद्धा र बिरामीलाई घरघरमै स्वास्थ्य तथा नर्सिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भइसकेको मेगा बैंकले ग्राहकहरुलाई स्तरीय स्वास्थ्य सेवा र छुट दिने उद्देश्यले बिभिन्न अस्पताल तथा स्वास्थय संस्थासँग सम्झौता गरिसकेको छ । 
 

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय