कोषको ३० औँ वार्षिकोत्सव सम्पन्न

नागरिक पेन्सन योजना शुरु

कोषको ३० औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नागरिक लगानी कोषले ३० औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । ३० औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा कोषले नागरिक पेन्सन योजना सुरु गरेको छ । वचत संकलनको दायरालाई फराकिलो बनाउनको लागि स्वरोजगार एवं वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेटने गरी नागरिक पेन्सन योजना शुरु गरिएको हो । 
 
 
वार्षिकोत्सव कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले मुलुकको समग्र राष्ट्रिय उत्पादकत्वमा समेत योगदान पुर्याउने नीति अवलम्बन गरेको भन्दै सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानमा योगदान पुर्याउने तर्फ काम गरिरहेको बताए । पुँजी बजारको स्थायित्व र विकासमा अहंम भुमिका खेल्ने उद्देश्यले कोषले पँुजी बजारको विकास र विस्तारको लागि नागरिक स्टक डिलर कम्पनी लिमिटेड दर्ता गरिसकेको जानकारी पनि उनले दिए । मुलुकको आर्थिक विकास र समृद्धि हासिल गर्न सरकारी,गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सहकार्य गरी ठूला परियोजनाहरूमा लगानी गरी मुलुकको आर्थिक वृद्धिमा सहयोग पुर्याउन र मुलुकभित्र रोजगारी सिर्जना गर्न कोष लागिपरेको पनि कार्यकारी निर्देशक नेपालले बताए । 
 
सो अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले देशको आर्थिक बृद्धि दरमा टेवा पु्याउने, रोजगारी सिर्जना गर्ने एवं पूर्वाधार बिकासका आयोजनाहरुमा लगानी विस्तार गरी सरकारको समृद्ध नेपाल बनाउने महाअभियानमा कोषले सहयोग पुर्याइरहेको बताए । उनले कोषको लगानीलाई विविधीकरणका साथ व्यवस्थापन गर्न उपयुक्त वातावरण सिर्जना गर्ने कार्यमा सम्बद्ध निकायबाट विगतमा झैँ  पूर्णरूपमा सहयोग प्राप्त भई नै रहने धारणा व्यक्त गरे । 
 
चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा कोषले १ खर्ब ४० अर्ब ३९ करोड रुपैया बराबरको स्रोत परिचालन गर्न सफल कोषले यो अवधिमा १ खर्ब ३८ अर्ब ५५ करोड रुपैया लगानी गरेको छ । सो अवसरमा कोषले बर्षको उत्कृष्ठ कर्मचरीको रुपमा रामेश्वर पुडासैनी, नेत्र बिक्रम थापा र पुरुषोत्तम पौडललाई पुरस्कृत गर्नुको साथै वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद कार्यक्रमका बिजयी प्रतियोगिहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरियो । 
 
सो अवसरमा २० बर्ष सेवा पुगेका कोषका उपनिर्देशक समुन पौडेललाई दिर्घसेवा पदकबाट सम्मानित गरिएको थियो । वार्षिकोत्सवको अवसरमा कोषले रक्तदान, फुटसल,हाजिरी जवाफ, ब्याडमिन्टन, टेबल टेनिस लगायतका विविध कार्यक्रम आयोजना गरेको थियो ।  
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय