एनआरएन इन्फ्रास्ट्रक्चरलाइ आइपिओ निष्काशन अनुमति, वैशाख ४ भित्र निष्काशन गरिसक्नुपर्ने

एनआरएन इन्फ्रास्ट्रक्चरलाइ आइपिओ निष्काशन अनुमति, वैशाख ४ भित्र निष्काशन गरिसक्नुपर्ने

काठमाडौं। नेपाल धितोपत्र बोर्डले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडलाई आइपिओ निष्काशनका लागि अनुमति दिएको छ। बोर्डले एनआरएन इन्फ्रास्ट्रचरलाई बैशाख ४ गते भित्र आइपिओ निष्काशन गर्न अनुमति दिएको हो।

बोर्डले एनआरएनलाई जारी पुँजीको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आइपिओ निष्काशनको अनुमति दिइएको हो। कम्पनीको जारी पुँजी भने १ अर्ब १३ करोड २६ लाख ८२ हजार १ सय रुपैयाँ रहेको छ। कम्पनीले सयका दरले ३३ हजार ९८ हजार ४६ कित्ता आइपिओ सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकको नाम भने सानिमा क्यापिटल लिमिटेड रहेको छ। पूर्वाधारको क्षेत्रमा लगानी गर्न बोर्डले नीतिगत निर्णय गरेर एनआरएनलाई सर्वसाधारणमा जान अनुमति दिइएको हो। पूर्वाधारको क्षेत्रमा लगानी गर्नका लागि न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ हुनुपर्ने र दोस्रो बजारमा कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ।

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय