टुरिष्ट बस एशोसिएशनको अध्यक्षमा शर्मा

टुरिष्ट बस एशोसिएशनको अध्यक्षमा शर्मा
काठमाडौं । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को अध्यक्षमा ईश्वर शर्मा निर्वा्चित भएका छन । एशोसिएशनको शुक्रबार साँझ सम्पन्न नवौँ साधारणसभाबाट शर्माको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वा्चित गरेको हो । एशोसिएशनको प्रथम उपाध्यक्षमा ढकनाथ काफ्ले, द्धितीय उपाध्यक्षमा सुशील दाहाल, महासचिवमा दीपेन्द्र अधिकारी, कोषाध्यक्षमा सुजन आचार्य तथा सदस्यमा चिरञ्जीवी रेग्मी र अशोक अर्याल निर्वा्चित भएका छन । 
 
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए ।
 
 प्रवक्ता तामाङले टुरिष्ट बसले आन्तरिक तथा बाह्य पर्यटकलाई दिने सेवालाई चुस्त, दुरुस्त बनाउन आग्रह गरे । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले पर्यटकीय क्षेत्रको सुधारका लागि स्थानीय सरकार पर्यटन व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताए ।
 
“पर्यटक बसपार्क निर्माणका लागि महानगरपालिका सकारात्मक छ”, उनले भने । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले पर्यटकीय बसले गुणस्तरीय यातायात सेवा दिन खेलेको भूमिका सराहनीय भएको बताए । पर्यटकीय बसपार्क निर्माणमा बोर्डको सहयोग रहने उनको भनाइ थियो ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय