सिद्धार्थ बैंकको पाँच लाख सहयोग टिच फर नेपाललाई

सिद्धार्थ बैंकको पाँच लाख सहयोग टिच फर नेपाललाई
काठमाडौं । सिद्धार्थ बैंकले मंगलबार टिच फर नेपाललाई पाँच लाख सहयोग गरेको छ । उक्त रकम बैंकको संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह(संस्थापक स्वस्तिका श्रेष्ठलाई एक समारोहकाबीच प्रदान गरेका हुन् ।
 
बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेका बताएको छ ।
 
उक्त रकम टिच फर नेपालले विभिन्न ग्रामिण जिल्लाका सार्वजनिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान कार्यका लागि उपयोग गर्ने छ ।
 
सिद्धार्थ बैंकले देशभर १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटीएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
 
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय