मिथिला लघुवित्तको एघारौं बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित

मिथिला लघुवित्तको एघारौं बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित
धनुषा । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं बार्षिक साधारण सभा पौष २९ गते मंगलबार राधाकृष्ण मन्दिर तथा सामुदायिक भवन ढल्केवरमा सम्पन्न भएको छ । 
 
मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोको प्रमुख आतिथ्यमा उक्त साधारण सभा सम्पन्न भएको थियो । सभाको सञ्चालन विभागिय प्रमुख रेशम वास्तोलाले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले स्वागत मन्तब्य राखेका थिए भने सभाको अध्यक्षता संचालक समितिको अध्यक्ष शिव प्रसाद साहले गरेका थिए । विशिष्ट अतिथि मिथिला नगरपालिकाका उप प्रमुख तारा कुमारी बस्नेत रहेकी थिइन ।  
 
उक्त सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको चुक्ता पुँजीको १५ प्रतिशत कर बाहेक नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अध्यक्ष साहले पेश गर्नु भएको आ.ब. २०७५∕०७६ को बार्षिक प्रतिवेदनमा संस्थाको संक्षिप्त विवरण र स्थिती, निक्षेप तथा कर्जा लगायत भावि कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।  
 
संस्थाको एघारौं बार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्वको लागि क्रमशː श्याम प्रसाद साह, फगुनी महतो कोईरी, किसोरी साह र शिव प्रसाद साह निर्वाचित भएका थिए । संचालक समितिको पहिलो बैठक बसि श्याम प्रसाद साहलाई संचालक समितिको अध्यक्षमा सर्ब सम्मतीले चयन गरिएको थियो । 
 
वित्तीय संस्थाले एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थालाई गाभे तथा गाभिने वा प्राप्ती गर्ने वा प्राप्ती हुने लगायतका सम्पुर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । यस वित्तीय संस्थाले १० जिल्लामा ३२ वटा शाखा मार्फत करिब २४ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रवाह गरेको छ । यस संस्थाको लगानीमा रहेको कर्जा १ अर्ब ९ करोड रहेको छ भने बचत ३०करोड रहेको छ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय