संसारकै राम्रा–नराम्रा पासपोर्टको सूची सार्वजनिक, १०१ औं स्थानमा नेपाल

संसारकै राम्रा–नराम्रा पासपोर्टको सूची सार्वजनिक, १०१ औं स्थानमा नेपाल
काठमाडौं । ’द हेन्ले पासपोर्ट सूचांक’ले संसारकै राम्रा र खराब पासपोर्टको सूची जारी गरेको छ ।अमेरिकी अखबार सिएनएनमा प्रकाशन भएअनुसार संसारकै राम्रो पासपोर्टको पहिलो नम्बरमा जापान परेको छ ।
 
जापानी पासपोर्टबाट सबभन्दा धेरै देश सहजै जान पाइने भएकाले यो अग्रणी भएको हो । द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा यो सूची तयार पार्छ । 
 
जापानी पासपोर्टबाट सबै प्रकिया गरी १९१ देश जान सकिने सिएनएनले लेखेको छ । त्यस्तै १९० देश जान सकिने क्षमताका आधारमा सिंगापुर पासपोर्ट दोस्रो नम्बरमा परेको छ । १८९ देश जान मिल्ने गरी दक्षिण कोरिया र जर्मनी दुवै तेस्रो स्थानमा छन् ।
 
चौथोमा इटाली र फिनल्यान्ड (१८८ देश), पाँचौं स्पेन, लक्जेम्वर्ग र डेनमार्क (१८७), छैठौं स्विडेन र फ्रान्स (१८६), सातौं स्विटजरल्यान्ड, पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्ड र अस्ट्रिया (१८५), आठौं अमेरिका, युके, नर्वे, ग्रिस र बेल्जियम (१८४), नवौं न्युजिल्यान्ड, माल्टा, चेक रिपब्लिक, क्यानडा र अस्ट्रेलिया (१८३) र दसौंमा स्लोभाकिया, लिथुआनिया र हंगेरी (१८३) छन् ।
 
उता नेपाल भने सबभन्दा खराबको सूचीमा परेको छ । ४० भन्दा कम देश जान मिल्ने सुविधा भएका भनेर खराबमा यी देश राखिएका हुन् ।
सूचीको १०० औं नम्बरमा उत्तर कोरिया छ जसको पासपोर्टले ३९ देश जान मिल्छ । यसको ठीक तल १०१ औं स्थानमा नेपाल र प्यालेस्टाइनी क्षेत्र छ जसबाट ३८ देश जान मिल्ने सिएनएनले लेखेको छ ।
 
यसपछि क्रमशː लिबिया (३७ देश), यमन (३३),  सोमालिया र पाकिस्तान (३२),  सिरिया (२९),  इराक (२८) र अफगानिस्तान (२६ देश) छन्। अफगानिस्तान सूचीको १०७ औं स्थानमा छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय