कालापत्थरमा ’फेशन शो’ हुने

कालापत्थरमा ’फेशन शो’ हुने
काठमाडौं । काला पत्थरमा माउण्ट एभरेष्ट फेसन रनवे आयोजना हुने भएको छ । १५ अन्तरराष्ट्रिय र ५ नेपाली मोडलहरुले माघ ११ गते ५ हजार मिटर भन्दा अग्लो स्थानमा रहेको काला पत्थरमा आफ्नो प्रतुती दिने आयोजकले जनाएको छ ।
 
यो शो कासा नामक संस्थाको आयोजना र आरबी ज्वेलर्सको सहकार्यमा हुन लागेको हो । २० मोडलसहित ५० जानाको क्रु मेम्बर लुक्लाबाट पैदल यात्राबाट काला पत्थर पुगेर माघ ११ गते आफ्नो प्रस्तुती दिने छन् ।
 
यो इभेन्टले ६० को दशकदेखिको हिउँदमा नेपाल ठिक छैन भन्ने सोचलाई परिर्वतन गर्ने पर्वतारोही दावा स्टेभेन शेर्पाले बताए । ‘नेपाल सबै सिजनमा घुम्न लायक छ । यो इभेन्टले हाम्रो पर्यटन प्रबर्द्धन पनि टेवा पुर्याउछ,’ उनले भने ‘हाम्रा स्टाफ खुम्बुको शेर्पाहरु छन् । समस्या पर्यो भन्ने के गर्ने उनीहरुलाई सबै थाहा छ त्यस कारण पनि क्रु मेम्बरलाई अप्ठेरो पर्दैन ।’
 
यस्ता इभेन्टहरुले नेपालको छुट्टै छवी संसारमा जाने आरबी ज्वेलर्सका अध्यक्ष रमेश महर्जनले बताए ।
 
‘कुनै नयाँ काम बिदेशीले गरे भने हामी स्विकार्छौ तर नेपालीले गर्दा प्रश्न उठाउछौ । यो कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेर हामी संसारसामु नयाँ उदाहरण दिन चाहान्छौं,’ उनले भने ।
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय