विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, प्रथम भयो कालिका कन्स्ट्रक्सन

विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, प्रथम भयो कालिका कन्स्ट्रक्सन
काठमाडौं ।  नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ ।
 
निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्यायउने व्यक्ति, संघ–संस्था तथा फर्मरकम्पनीहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको महासंघका अध्यक्ष रवि सिंहले बताए । 
 
’ए’ क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्सनले जित्दा सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले जितेको छ । ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्सनले पाएको छ । 
 
’बी’ क्लासतर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवा प्रालिले हात पारेको छ । ’बी’ क्लासतर्फ सिल्भर अवार्ड के एम इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले जित्यो । नयाँ बाटो निर्माण प्रालिले ’सी’ क्लासतर्फको गोल्ड अवार्ड जित्न सफल भएको छ । सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशः शाह निर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका छन् । 
 
’डी’ क्लासतर्फ प्रदेश ७ मा श्रीपुर बिल्डर्स प्रालि उत्कृष्ट भएको छ । प्रदेश ३ मा आइएस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आर्शिवाद निर्माण सेवा उत्कृष्ट ठहरियो ।  भूगोलअन्तर्गत हिमालतर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा काभ्रे व्यवसायी संघ र तराइतर्फ लुम्बिनी निर्माण संघले अवार्ड हात पारेका छन् । 
 
उदाहरणीय निर्माण कार्य गर्ने इलिायट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेलले पनि अवार्ड जितेका छन् । 
 
नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिए वापत एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्वअध्यक्ष स्वर्गीय शरदकुमार गौचनलाई प्रदान गरियो । अग्रणी इन्जिनियरको रुपमा स्वर्गीय प्राडा दिपक भट्टराई सम्मानित हुँदा उत्कृष्ट महिला निर्माण व्यवसायीका रूपमा कालिकोटकी ताराकुमारी शाह पुरस्कृत भएकी छन् । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय