आरम्भ राष्ट्रियस्तरको लघुवित्त बन्दै, पुस ९ मा एजीएम, चौतारीसँग मर्ज

आरम्भ राष्ट्रियस्तरको लघुवित्त बन्दै, पुस ९ मा एजीएम, चौतारीसँग मर्ज
काठमाडौं । आरम्भ लघुवित्त वित्तीय सस्ंथाको पाचौँ वार्षिक साधारणसभा पुस ९ गते हुने भएको छ । कम्पनीले चौतारी लघुवित्त वित्तीय संस्था सँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने प्रस्ताव सभामा पेश गर्दैछ । सभा पञ्चकन्या ब्यांकेट, बनेपा न.पा.–८, पुलबजार, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरु हुनेछ ।
 
 सभाले दुई लघुवित्तको स्वाप रेसियो १ः१ हुने प्रस्ताव पनि पारित गर्दैछ । मर्जरपछि कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था रहनेछ । मर्जपछि संस्थापकको ६३.६६५ र सर्वसाधारणको ३६.३४५ सेयर स्वामित्व हुने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने प्रस्ताव पनि छ । 
दुई कम्पनी एक भएपछि कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । सभामा ७.७६५ लाभांश वितरण गर्ने एजेन्डा पनि छ । कम्पनीले २०७५–७६ को नाफाबाट ७.३८५ बोनस सेयर र बोनसमा लाग्ने करका लागि ०.३८५ नगद गरी कुल ७.७६५ लाभांश वितरण गर्दैछ । 
 
साधारण सभा प्रयोजनका लागि आरम्भले मंसिर २९ गते देखि पुस ९ गतेसम्म बुक क्लोज गर्दैछ । मंसिर २८ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय