‘साङ्लो’ को ‘चरीले काफल’ गीतमा निकितासँग विराजको छमछमी

‘साङ्लो’ को ‘चरीले काफल’ गीतमा निकितासँग विराजको छमछमी
काठमाडौं । नायक विराज भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’ माघको २४ गतेबाट रिलिज हुँदैछ । विराज आफैले निर्देशन गरेकाले पनि चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता दर्शकमा छ । यसैविच, चलचित्रमा समावेश पहिलो गीत ‘चरीले काफल’ सार्वजनिक गरिएको छ ।
 
राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको यो गीतमा राजनकै शब्द तथा संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक विराज भट्ट र नायिका निकिता चण्डकलाई फिचरिङ गरिएको छ ।
 
यो गीतलाई दर्शकले मन पराउने आशा निर्माणपक्षको छ । भिडियोको लागि निर्माण टिमले राम्रै मिहिनेत गरेको छ । चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको पनि अभिनय छ ।
 
शिवम् अधिकारीले लेखेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय