नेपाल मेडिसिटीले रेडियोलोजीमा आर्टि्फिसियल इन्टेलिजेन्स शुुरु गर्ने

नेपाल मेडिसिटीले रेडियोलोजीमा आर्टि्फिसियल इन्टेलिजेन्स शुुरु गर्ने
ललितपुर । आर्टि्फिसियल इन्टेलिजेन्स (एआई)ले आउँदो दशकमा हाम्रो जीवनको हरेक पक्षलाई परिवर्तन गर्नेछ । चिकित्सा क्षेत्रमा यसको असर देखिने स्पष्ट छ ।
 
रेडियोलोजी र मेडिकल इमेजिङको क्षेत्रमा एआईले ठूलो प्रगति गरेको छ । युएस एफडीएका धेरै अनुमोदनहरुका अनुुसार रोगको परिक्षण हुने तरिका तथा यसको निदानको तरिका परिमार्जित हुँदै आएको छ । 
 
मुलुकको एक अग्रणी तथा प्रगतिशील स्वास्थ्य अस्पताल नेपाल मेडिसिटी अस्पतालले संसारकै उत्कृष्ट इजरायली जेब्रा मेडिकल भिजनसँग साझेदारी गरेको छ जुन आर्टि्फिसियल इन्टेलिजेन्स (एआई) सहितको रेडियोलोजीका लागि संसारकै उत्कृष्ट मानिन्छ । यसबाट नेपालीहरुले स्वदैशमै उच्च गुणस्तरिय परिक्षण प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । 
 
नेपालबाट प्रत्येक वर्ष ३ देखि ४ लाख नेपाली नागरिकहरु स्वास्थ्य उपचारका लागि विदेश जाने गरेकाले नेपालबाट ठूलो धनराशि पनि विदेशिने गरेको छ । यसरी विदेशिने प्रमुख कारण भनेको सहि परिक्षण र उपचारनै हो । स्वदेशमै सबै स्थानमा समान उपचार प्रदान नहुनु मुख्य समस्या हो ।
 
नेपाल मेडिसिटीको रेडियोलोजी तथा इमेजिङ केन्द्र वरिष्ठ रेडियोलोजिष्ट डा. राम कुमार घिमिरेको नेतृत्वमा रहेको छ । यस विभागमा आर्टि्फिसियल इन्टेलिजेन्स सहितको थप सुरक्षीत र गुणस्तीय एवं विशिष्ट सेवा प्रदान गर्न अस्पताल तयार भएको जनाएको छ ।
 
मेडिसिटीले पहिलो चरणमा ईन्ट्राक्रेनियल हेमोरेज, अस्टियोपोरोसिस र हड्डीसम्बन्धि समस्याको रोकथामका लागि विशेष एल्गोरिथमहरू लागू गर्दैछ भने निकट भविष्यमा क्याल्सियम स्कोरिंगको साथ अपग्रेड गरीनेछ जसले हृदय रोग, एन्फाइसेमा र कलेजोमा असर सम्बन्धि समस्या पत्ता लगाउन सहयोग गर्नेछ ।
 
यस सेवा विस्तारसँगै स्वास्थ्य सेवालाई थप गुणस्तरिय बनाइ विश्व स्तरमा पुु¥याउने आशा अस्पतालको छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय