साधना लघु वित्तको साधारण शेयर जारी गर्ने, शेयर जारीपछि चुक्ता पूँजी २१ करोड पुग्ने

साधना लघु वित्तको साधारण शेयर जारी गर्ने, शेयर जारीपछि चुक्ता पूँजी २१ करोड पुग्ने
काठमाडौं । साधना लघु वित्त वित्तीय संस्थाले ६ लाख ३० हजार कित्ता शेयर जारी गर्ने भएको छ । शेयर बिक्रीका लागि संस्थाले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
 
आईएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल तथा साधना लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले हस्ताक्षर गरे । 
 
साधनाले आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाई हालै मात्र प्राप्ती (एक्विजिसन) गरिसकेको छ । एक्विजिसनपछि साधनालाई नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतपत्र दिएको छ । संस्थाको हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पछि चुक्ता पुँजी २१ करोड पुग्ने छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय