आईएमई जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा शरण रेग्मी नियुक्त, २७ वर्षको अनुभव

आईएमई जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा शरण रेग्मी नियुक्त, २७ वर्षको अनुभव
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको डेपुटी प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी नियुक्त भएका छन्। कम्पनीको संचालक समितिले रेग्मीलाई नियुक्त गरेको हो ।
 
स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा उनी कार्यरत रहेको कम्पनीले जनाएको छ ।
 
कम्पनीका अनुसार तत्कालिन एनआईडीसी क्यापिटल मार्केटमा २ बर्ष, युनाईटेड इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडमा ७ बर्ष, सगरमाथा इन्स्योरेन्समा ८ बर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंकमा ६ बर्ष र आईएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ४ बर्ष कार्य गरेको लामो अनुभव छ । बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको सुक्ष्म अध्ययन गरेको कम्पनीले जनाएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय