अन्तरराष्ट्रिय होटल स्कुल एसोसियनको अध्यक्षमा लकाईंँ निर्वाचित

अन्तरराष्ट्रिय होटल स्कुल एसोसियनको अध्यक्षमा लकाईंँ निर्वाचित
काठमाडौं । विश्वभरिका आतिथ्य व्यवस्थापन शिक्षासम्बन्ध शैक्षिक प्रतिष्ठानहरूको अन्तरराष्ट्रिय सञ्जाल होटल स्कुल एसोसियसन (इयूहोफा) को अध्यक्षमा नेपालको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का प्रमुख कार्यकारी अधिकृत खेम लकाईँलाई चयन भएका छन् । लकाईं सन् २०१७मा इयुहोफाका बोर्ड सदस्य थिए ।
 
 
इयूहोफाको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका विश्वभरिका आतिथ्य व्यवस्थापना अध्यापन हुने शैक्षिक प्रतिष्ठानहरू सदस्य छन् । सञ्जालमा नेपालबा १४ वटा होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध प्रतिष्ठानहरू सदस्य छन् । 
 
 
काठमाडौं जारी ५८ औं कंग्रेसमा दुई दर्जन मुलुकबाट करिब ७० पर्यटन तथा आतिथ्य सम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र यस क्षेत्रका विभिन्न विज्ञहरूको सहभागिता छ ।
 
 
नेपालले आयोजना गरेको यो अंन्तरराष्ट्रिय सम्मेलनको आतिथ्यता एसियामा नै पहिलो पटक भएको हो । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय