प्राईम बैंकका लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर, बोनस वितरणसँगै सवा अर्ब चुक्ता पूँजी पुग्ने

प्राईम बैंकका लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर, बोनस वितरणसँगै सवा अर्ब चुक्ता पूँजी पुग्ने
काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयर लगानीकर्ताहरुलाई १६ प्रतिशत बोनस दिने भएको छ । बैंक संचालक समितिको आज बसेको बैंठकले लगानीकर्तालाई उक्त बोनस दिने घोषणा गरेको हो । 
 
हाल ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७ सय रुपैयाँ चुक्ता पुँजी छ । उक्त बोनस वितरणसँगै बैंकको चुक्ता पूँजी वितरणपछि ११ अर्ब २३ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।
 
बैंक संचालक समितिको बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकका आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय